मन्त्रालयहरूको त्रैमासिक समीक्षा जारी

मन्त्रालयहरूको त्रैमासिक समीक्षा जारी


काठमाडौँ । सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा सुरु भएको छ । बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरूको त्रैमासिक समीक्षा सुरु भएको हो ।

समीक्षा बैठकमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिक समीक्षा भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकारले गरेका काम कारबाहीहरू, मन्त्रालयले सचिवहरूसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा भइरहेको जनाइएको छ ।