काठमाडौं । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे दुई दलका बीचमा सहमति जुटाउन नेपाली काँग्रेसका नेताहरूसहितको छलफल बालुवाटारमा जारी छ ।
स्रोतका अनुसार बुधबार साँझ साढे ७ बजेदेखि एमाले र काँग्रेसका नेताहरू छलफलमा जुटेका हुन् ।
छलफलमा काँग्रेसको तर्फबाट परराष्ट्र मन्त्री आरजु राणा देउवा, नेपाली काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन कुमार थापा बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको तयारीमा रहेका बेलामा बीआरआईले चर्चा पाएको छ । बीआरआईमा शतप्रतिशत अनुदान लिने भए मात्रै कार्यान्वयनको चरणमा जानुपर्ने पक्षमा काँग्रेस छ ।
प्रतिक्रिया