काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आजको बयान सकिएको छ । आज उनको करिब साढे ६ घण्टा लामो बयान लिइएको हो ।
जिल्ला सहकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि भएको बयान दिउँसो ३ः३० बजे सकिएको हो ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो । कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई भैरहवा लगेर पनि बयान लिइएको छ । २ कात्तिकमा प्रहरीले पक्राउ गरेका लामिछानेलाई हालसम्म ५ पटक अनुसन्धानका लागि म्याद थपेको छ ।
प्रतिक्रिया