हलेसी महादेवस्थानमा बालाचतुदर्शीको अवसरमा शीव लिंगलाई गहना पहिर्‍याई सार्वजनिक

हलेसी महादेवस्थानमा बालाचतुदर्शीको अवसरमा शीव लिंगलाई गहना पहिर्‍याई सार्वजनिक


काठमाडौँ । हलेसी महादेवस्थान गुफाभित्र रहेको शीव लिंगलाई बालाचतुदर्शीको अवसरमा आज विशेष गहनाले सजाएर सार्वजनिक गरिएको छ। धार्मिक र सांस्कृतिक महत्व गुफाभित्र रहेको शीवलिंगको दर्शन गर्न भक्तजनहरुको घुइचो लागेको थियो ।

बालाचतुदर्शीका अवसरमा प्रत्येक वर्ष हलेसीमा विशेष पूजा, आराधना र धार्मिक कार्यक्रम आयोजना गरिने परम्परा छ। यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिँदै शीव लिंगलाई विशेष गहनाले सजाएर भक्तजनहरूका लागि दर्शनार्थ सार्वजनिक गरिएको हो ।

देशका विभिन्न स्थानहरूबाट आएका भक्तजनहरूले हलेसीमा पूजाआजा गर्दै शीव लिङ्गको दर्शन गरी धार्मिक अनुष्ठानमा सहभागी भएका छन्। यो परम्पराले धार्मिक पर्यटकीय गन्तव्यका रूपमा हलेसी महादेवस्थानको महत्व अझ बढाएको स्थानीयको भनाई छ ।