आज पनि सकिएन रविको बयान

आज पनि सकिएन रविको बयान


काठमाडौँ । सहकारी ठगी मुद्दामा बयानका निम्ति पोखराबाट झिकाइएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान आज पनि नसकिएको बताइएको छ ।

कामपा-१४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा आरोपित लामिछानेलाई बिहीबार बयानका निम्ति पोखराबाट काठमाडौँ ल्याइएको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौँको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई काठमाडौँ पठाएको थियो ।

भद्रकालीस्थित काठमाडौँ प्रहरीको हिरासतमा राखिएका उनलाई शुक्रबार बिहानैदेखि जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीमा बयानका निम्ति पठाइएको थियो । त्यही बिहानबाट बयान सुरु भयो । आज दोस्रो दिनको बयान चलिरहेको छ, तर सकिने सम्भावना छैन ।

सोध्नुपर्ने विषय धेरै हुँदा उनको बयान आज पनि नसकिएको श्रेष्ठले बताए । स्वर्णलक्ष्मी सहकारी पीडितद्वारा दिइएको जाहेरीमा उल्लेखित आरोप र अनुसन्धानबाट खुल्न आएका तथ्यमाथि आधारित भएर उनको बयान लिइँदै छ ।

भोलि बयान सकिए भोलि नै उनलाई पोखरा पठाइने काठमाडौँ प्रहरीले जनाएको छ ।