काठमाडौँ । स्थानीय तहका विभिन्न पदमा भएको निर्वाचनको पछिल्लो परिणाम अनुसार १५ वटा जितेर नेपाली काँग्रेस पहिलो स्थानमा रहेको छ ।
तर काँग्रेसले दुई गाउँपालिका अध्यक्ष,एक उपाध्यक्ष र एक नगरपालिका उपमेयर जितेको ठाउँमा यस पटक गुमाएको छ ।
२०७९ मा जितेकामध्ये काँग्रेसले मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष गुमाएको छ । त्यस्तै दैलेखेको महाबु गाउँपालिका अध्यक्ष समेत गुमाएको काँग्रेसले जाजरकोटको नलगाढ नगरपालिका उपमेयर र बाजुराको स्वामी कार्तिक गाउँपालिका उपाध्यक्ष पनि गुमाएको छ ।
कीर्तिपुर नगरपालिकाको मेयर अग्रता लिइरहेको काँग्रेसले उपनिर्वाचनका अन्य मुख्य पद भने गुमाएको हो । वडातर्फ पनि काँग्रेसले जितेका १९ वडामा उपनिर्वाचन भएकोमा हालसम्म १५ वडा जितेको छ । काँग्रेसले यसअघि एमालेले जितेका ३ र माओवादीले जितेका ४ वडा खोसेको छ ।
प्रतिक्रिया