काठमाडौँ । नेपाली काँग्रेसका योद्धा एवं प्रजातन्त्र सेनानी दिल बहादुर गुरुङको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको छ ।
पर्वत जिल्ला साविक आर्थरडाँडा घर भई हाल पोखरा महानगरपालिका शिवालयचोक बस्दै आएका स्व.गुरुङ नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता एवं काँग्रेस बुढाका नाममा प्रख्यात थिए ।
उनी तत्कालीन समयमा गाउँ पञ्चायतको संरचना सुरु भएपछि पाँच पटकसम्म वडा अध्यक्ष भएर काम गरेका थिए । यस्तै, तत्कालीन स्याङ्जा जिल्ला पञ्चायतको सदस्य समेत रहेर काम गरेका थिए ।
२०३२ सालपछि पर्वत जिल्लामा समाहित भएको थियो भने अहिले कुश्मा नगरपालिका वडा नं १४ मा पर्दछ ।
राजनीति रूपमा चेतना भएमात्र हरेक क्षेत्रको विकास गर्न सकिन्छ र विभिन्न जातजातिको अधिकार स्थापित गर्न सकिन्छ भन्ने मान्यताका साथ राजनीतिमा लागेका गुरुङ बौद्धिक एवं राजनीतिक विचारकका रूपमा चिनिएको लिटिल स्टेप मा।विका संस्थापक शेरबहादुर गुरुङ बताउछन् ।
उनले पञ्चकोशी मा.वि लगायत अन्य प्रा.वि विद्यालयको संस्थापक भएर गाउँमा शिक्षाको ज्योति फैलाउन योगदान पुर्याएका थिए ।
प्रतिक्रिया