चितवनमा आज सकिएन रविको बयान

चितवनमा आज सकिएन रविको बयान


काठमाडौँ । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।

आजबाट सुरु भएको बयान भोलि पनि जारी रहने बताइएको छ । सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधीवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको बयान भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोका अनुसार आज नसकिएपछि भोलि (बुधबार) पनि उनको बयान लिइनेछ । चितवनमा पनि सहकारी ठगीको उजुरी परेपछि लामिछानेलाई मंगलबार बिहान चितवन लगिएको थियो ।