ग्यास बुलेट दुर्घटनामा बेपता भएका चालक र सहचालक खोज्न गोताखोर परिचालन

ग्यास बुलेट दुर्घटनामा बेपता भएका चालक र सहचालक खोज्न गोताखोर परिचालन


काठमाडौँ । धादिङको कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा परेको भारतीय ग्यास बुलेटका चालक र सहचालकको खोजी गर्न गोताखोरसहितको सशस्त्र प्रहरी टोली परिचालन भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विनकुमार गुरुङको कमाण्डमा गोताखोरसहित सुरक्षा फौज परिचालन भएको जनाइएको छ ।

चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको एनएल-०२ एल-३९०७ नम्बरको भारतीय ग्यास बुलेट पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभीरमा दुर्घटनामा पर्दा चालक र सहचालक बेपत्ता छन् ।

सडकबाट तल खसेको ग्यास बुलेटको अगाडिको केही भाग भीरमा अड्किएको छ भने पछाडिको भाग त्रिशूली नदीमा डुबेको अवस्थामा रहेको धादिङ प्रहरीको भनाई छ । ग्यास बुलेट दुर्घटना क्षेत्र वरपरका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन प्रहरीले अनुरोध ।