प्यालिस्टीनीमाथि इजरायली जनसंहारविरूद्ध देशव्यापी हस्ताक्षर अभियान सुरु

प्यालिस्टीनीमाथि इजरायली जनसंहारविरूद्ध देशव्यापी हस्ताक्षर अभियान सुरु


काठमाडौँ- संयुक्त अभियान नेपालले प्यालिस्टिनीमाथि इजरायली जनसंहारबिरुद्ध देशव्यापी हस्ताक्षर अभियान शुभारम्भ गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूको उपस्थितिमा सोमबार काठमाडौँको रत्नपार्कस्थित शान्तिवाटिकामा राजनीतिक दलका शीर्ष नेताहरुले हस्ताक्षर अभियान सुरु गरिएको हो ।

उक्त हस्ताक्षर कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरू ‘प्रचण्ड, माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई लगायत नेता देव गुरुङ, अग्निप्रसाद सापकोटालगायत उपस्थीत थिए।