म प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थाल्यो : ओली

म प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थाल्यो : ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अप्ठेरोलाई हेरेर दुई ठूला पार्टी मिलेर सरकार बनाएको बताएका छन् ।तेह्रथुम जिल्लाको आठराई गाउँपालिका-४ मा प्रणामी माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थालिसकेको दाबी गरेका हुन् ।

उनले भने, ‘देशको अप्ठेरो बुझेर इतिहास बोकेको जिम्मेवार राजनीतिक दलहरू काँग्रेस र एमाले मिलेर सरकार बनाएका छौँ । देशलाई स्थितरता र सुशासन दिन मिलेका छौँ ।’ उनले आफू प्रधानमन्त्रीबाट हट्नासाथ देश अप्ठेरो स्थितिमा पुगेको स्मरण पनि गरेका छन् ।