काठमाडौँ । जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन् ।
दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ।
नलगाड नगरपालिकाको कालीमाटी बजारबाट कैना हुँदै कट्के जान लागेको ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जीप बुधबार राति ११ बजे बासकोटको मोडबाट सडकबाट करिब ८ सय मिटर तल खसेको थियो ।
प्रतिक्रिया