मन्त्रिपरिषद् बैठक बस्दै, केही सहसचिवहरूको सरुवा हुन सक्ने

मन्त्रिपरिषद् बैठक बस्दै, केही सहसचिवहरूको सरुवा हुन सक्ने


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

साँझ ५ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको हो । चीन भ्रमणबाट फर्किएपछिको पहिलो मन्त्रिपरिषद् बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने छ ।

आजको बैठकले केही सचिव तथा सहसचिवहरूको सरुवा तथा नियुक्ति हुन सक्ने उच्च स्रोतले प्रशासनलाई जानकारी दिएको छ । अहिलेसम्म प्रदेश नै नगएका सहसचिवहरूको सूची ठुलै भएकोले सम्भवतः उनीहरूलाई प्रदेश पठाउने र प्रदेशमा लामो समय भई सकेकाहरूलाई संघमा ल्याउने तयारी भएको जनाइएको छ ।