स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा २२.५९ प्रतिशत उत्तीर्ण

स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा २२.५९ प्रतिशत उत्तीर्ण


काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले एघारौँ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ । यस पटक स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको नतिजालाई औसतमा हेर्दा ४४.७४ प्रतिशत देखिएको छ ।

स्नातकोत्तर तहमा ४५.९८ प्रतिशत, स्नातक तहमा ६५.६५ प्रतिशत र प्रमाणपत्र तहको लाइसेन्स परीक्षामा २२.५९ प्रतिशत उत्तीर्ण भएको परिषद्ले जनाएको छ ।

यस पटक स्नातकोत्तर तहको लाइसेन्स परीक्षामा एमडी होमियोप्याथी, एमएस्सी अप्टोमेट्री लगायत विभिन्न १८ विषयका ८७ जनाले सहभागिता जनाएका थिए । त्यसमध्ये ४० जना (४५.९८ प्रतिशत) उत्तीर्ण भएका हुन् ।

यस्तै स्नातक तर्फ व्याचलर इन एनेस्थेसिया, व्याचलर इन अप्टोमेट्री लगायत विभिन्न १३ विषयका एक हजार ४०३ जना सहभागी भएका थिए । त्यसमध्ये (२१ जना ९६५.६५ प्रतिशत) उत्तीर्ण भएका छन् ।

यस्तै पीसीएल (प्रमाणपत्र तह) पीसीएल इन डेन्टल हाइजीन, पीसीएल इन फीजीओथेरापी लगायतका विभिन्न नौ विषयका एक हजार ९६१ जनाले सहभागिता जनाएका थिए । त्यसमध्ये एक हजार ५१८ अर्थात् ७५.४१ प्रतिशत फेल भएका छन् । यस्तै ४४३ जना अर्थात् २२.५९ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् ।

परीक्षा एडभान्स एजुकेसन एण्ड इनोभेटीभ रिसर्च सेन्टर प्रालि बबरमहल काठमाडौँ केन्द्रमा सोमबारदेखि बुधबारसम्म परीक्षा सञ्चालन भएको थियो । परिषद्ले उत्तीर्ण भएकाहरूको प्रमाणपत्रको वितरणका लागि पछि सूचना प्रकाशित गर्ने जनाएको छ ।