एनपीएलमा आज पनि दुई खेल हुँदै

एनपीएलमा आज पनि दुई खेल हुँदै


काठमाडौँ – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।

पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली एक्स र दोस्रो विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ । पहिलो खेल ९:१५ र दोस्रो खेल १:१५ बजे हुनेछ ।