काठमाडौं – शनिबार बिहान काठमाडौंमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ ।
केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौंको न्यूनतम तापक्रम शनिबार बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन गरेको थियो ।
काठमाडौंबाहेक देशैभर चिसो क्रमशः बढ्दै गएको छ । जुम्लामा केही दिनदेखि न्यूनतम तापक्रम माइनस ५ भन्दा कम मापन भएको छ ।
त्यस्तै, जोमसोममा न्यूनतम तापक्रम ओरालो लागेर माइनस दुईदेखि माइनस ३ सम्म झरेको छ । जिरीमा पनि न्यूनतम तापक्रम शून्यभन्दा कम हुँदै गएको छ । यसपालि हिउँदमा सरदरभन्दा कम पानी पर्ने महाशाखाले पूर्वानुमान गरेको थियो ।
प्रतिक्रिया