सर्च कमिटीले आयोगको अध्यक्षका लागि सिफारिसमा परेका आठ जनाको अन्तर्वार्ता लिइसकेको छ । दुई दिन लगाएर अन्तर्वार्ता सकिएलगत्तै (सर्च कमिटी)को बैठक बस्न लागेको हो ।
अन्तर्वार्तामा दुई आयोग (सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग) मध्ये कुन आयोगमा रहने भनेर पनि सोधिएको छ ।
यसलाई समेत सिफारिसमा एउटा आधार मानिने बताइएको छ ।
दुई आयोगको अध्यक्षका लागि सर्ट लिस्टमा परेकाहरूमा डिल्लीराज आचार्य, अच्युतप्रसाद भण्डारी, विजय सिजापति, विश्वराज कोइराला, सुदिप पाठक, महेश थापा, शेरबहादुर केसी र काशीराज दाहाल छन् ।
सर्च कमिटीको नेतृत्वमा पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र छन् ।
मिश्र नेतृत्वको सिफारिस समितिमा खातीसहित मनोज दुवाडी, डा।अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य रहेका छन् ।
प्रतिक्रिया