काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मन्त्री र सरकार परिवर्तन कुनै पनि हालतमा नहुने बताएका छन् ।
‘यो सरकारलाई साउन कट्दैन भन्थेँ, दसैँ तिहार कट्दैन भन्थेँ, त्यो त पूरा भइसक्यो नि’ गृहमन्त्री लेखकले भने –‘प्रधानमन्त्री चीनबाट फर्किन त देउ भन्थेँ, अब भारत गएपछि फेरि यस्तै हल्ला चलाइन्छ, तर सरकार कसैको चाहनाले ढल्दैन ।’
उनले अस्थिरता चाहनेहरूले सरकार परिवर्तनको हल्ला फैलाउने गरेको टिप्पणी गरे । उनले हालै सम्पन्न भएको उपनिर्वाचनले काँग्रेस र एमाले नै पहिलो र दोस्रो दलका रूपमा स्थापित गरेको दाबी गर्दै ठूला दुईदल बीचको सहकार्य संविधानको कार्यान्वयनका लागि भएको बताए । । उनले देशका ठूला पार्टीहरू मिलेर सरकार बनेकाले २०८४ सम्म स्थिर रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया