विद्युत् प्राधिकरण सञ्चालक समितिमा पराजुली र केसी नियुक्त

विद्युत् प्राधिकरण सञ्चालक समितिमा पराजुली र केसी नियुक्त


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संखुवासभाको मकालु गाउँपालिका-३ का पराजुली र धादिङको गंगाजमुना गाउँपालिका-५ का केसीलाई सञ्चालक समिति सदस्यमा चार वर्षका लागि नियुक्त गरेको उनको निजी सचिवालयले जनाएको छ ।