पक्राउ पर्नेमा कञ्चनपुरका ४० वर्षीय विशालकुमार चौधरी छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । ५० लाख रुपैयाँ बिगो बराबरको मुद्दामा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
त्यसैगरी जिल्ला अदालत बाँकेबाट पनि ५० लाख बिगो बराबरकै मुद्दामा पक्राउ पुर्जी जारी भएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । शंखमुलबाट पक्राउ परेका उनलाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।
प्रतिक्रिया