काठमाडौँ । प्रि-ओपन सेसनमा आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से परिसूचक १.६४ अंकले घटेर २६२६.६१ अंकमा पुगेको हो।
यो समयमा ३३ स्क्रिप्सको १ हजार ३९१ कित्ता सेयर १५ लाख ११ हजार ६०४ रुपैयाँमा खरिदबिक्री भएको छ ।
प्रि-ओपन सेसनमा कारोबारमा आएका स्टक्समध्ये १३ वटाको मूल्य बढ्यो भने १७ वटाको घटेको छ। १ स्टकको मूल्य भने यो समयमा स्थिर रहेको छ ।
प्रतिक्रिया