भारत रिसाएको हो भन्ने मलाई लाग्दैन’ -डा.शेखर कोइराला

भारत रिसाएको हो भन्ने मलाई लाग्दैन’ -डा.शेखर कोइराला


काठमाडौ – सुदुर पश्चिमको धनगढीमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री के.पी.शर्मा ओलीको चीन भ्रमण पछी भारत रिसाएको हो भन्ने पत्रकारको जिज्ञासामा नपाली काँग्र्सका नेता डा.शेखर कोइरालाले सत्ता साझेदारको दलका नाताले आँफुलाई त्यस्तो नलागेको प्रतिक्रिया दिएका छन।

डा.कोइरालाले थपे-‘कुन देशले भ्रमणमा बोलाउँछ वा कुन देश जाने सरकारको आफ्नो निर्णय रहने जवाफ दिएका हुन् ।

के तपाई सभापति जित्न कन्फिडेन्स हुनुहुन्छ त ? भन्ने पत्रकारहरुको प्रश्नको जवाफमा आँफु पन्ध्रौं महाधिवेशनबाट सभापति जित्न शतप्रतिसत ढुक्क रहेको नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले बताएका छन् ।

नेता डा.शेखर कोइरालाले देशको राजनीतिक अवस्था कम्जोर भएकाले यसलाई सुधार गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

महाधिवेशनमा सभापति शेर बहादुर देउवा र तपाईको समुहबीच कुरा मिलेको हो त भन्ने पत्रकारको प्रश्नमा जवाफ दिंदै भने-‘देउवा जी सबैको आदरणीय हो,सभापति देउवा जीसँग निरन्तर छलफल र भेटघाट भईरहेको छ।’

गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अघि बढाउन आँफु पनि लागी परेको जनाउँदै के प्रक्रियागत के समस्याले काम अघि नबढेको भन्ने विषयमा चासो लिएको डा.कोइरालाले बताए । ३ दिनको सुदुर पश्चिम बसाई सकेर डा.कोइराला आज काठमाडौं फर्किंदै छन्।