दीपेश पुनमाथि २ करोड १४ लाख बिगो दाबी मुद्दा दायर

दीपेश पुनमाथि २ करोड १४ लाख बिगो दाबी मुद्दा दायर


काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनले सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाएको छ ।

आइतबार जिल्ला अदालत कास्कीमा दायर भएको मुद्दामा पुनलाई पनि प्रतिवादी बनाइएको हो ।

उनले सहकारीको बचतकर्ताहरूलाई विश्वस्त दिलाउने, आकर्षक व्याजदरको प्रलोभन देखाउने समेतका कार्यबाट छोटो समयमा ठूलो रकम बचत संकलन गरी गैर कानुनी लाभ लिने गरेको जिल्ला वकिलको कार्यालयमा दायर भएको मुद्दामा उल्लेख छ ।

साथै, श्रीमती सविना आले मगरलाई सञ्चालक समितिमा राखी आफू अनुकूल बनाउनका लागि सोही अनुसारको सञ्चालक समितिबाट निर्णय गराएको पनि सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा उल्लेख छ ।