काँग्रेसको सय दिने विशेष अभियानको समयावधि थप

काँग्रेसको सय दिने विशेष अभियानको समयावधि थप


काठमाडौँ। नेपाली काँग्रेसले सय दिने विशेष अभियानमा काम नसकेका जिल्लाहरूका लागि समयावधि एक महिना थपेको छ । ७ असोजबाट सुरु भएर १६ पुसमा सक्ने गरी समय निर्धारण गरिएको थियो ।
अभियानका प्राकृतिक प्रकोपको असर, स्थानीय तह उपचुनावका कारण अभियान थाल्न भएको ढिलाइ र अन्य विविध कारणले कार्यसम्पादन हुन नसकेका कारणले समयावधि थपिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए । ती जिल्लाहरूले शहीद दिवसका दिन १६ माघमा समापन गर्ने गरी समयावधि थपिएको पौडेलले बताए ।

जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समितिलाई थप अवधिमा सांगठनिक रूपले गर्नरगराउन निर्धारित केन्द्रले निर्देशन दिएको छ ।

पार्टीको आन्तरिक संगठनमा कार्य गर्ने गरी ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ ।