कास्की अदालतमा सुरु भयो रविको बयान

कास्की अदालतमा सुरु भयो रविको बयान


काठमाडौँ । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बयान सुरु भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको हो ।

यसअघि पूर्वडिआइजी छविलाल जोशी र लीला पछाईको बयान सकिएको हो । रामबहादुर खनाल, पुर्वसांसद मिना गुरुङसहित ४ जनाको बयान लिन बाकी छ ।