निजी भ्रमणका लागि भुटानी राजपरिवारको टोली काठमाडौँमा

निजी भ्रमणका लागि भुटानी राजपरिवारको टोली काठमाडौँमा


काठमाडौँ । भुटानी राजपरिवारका सदस्यहरू निजी भ्रमणका लागि काठमाडौँमा आएका छन् । उनीहरूले शनिबार ह्वाइट गुम्बामा पूजाआजा गर्ने कार्यक्रम छ ।

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक काठमाडौँ आएर फर्किएको तीन सातापछि उनका सासू-ससुराको टोली आएको हो ।

निजी भ्रमणको सिलसिलामा भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक २१ मंसिरमा काठमाडौँ आएका थिए । स्वयम्भू र बौद्धनाथमा पूजा गरेर उनी सोही दिन स्वदेश फर्किएका थिए ।