काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणाले बर्दियालगायत विभिन्न सीमावर्ती जिल्लाका नाकाहरूमा देखिएका समस्याहरू समाधान हुने बताएकि छन् ।
कैलालीबाट फर्किने क्रममा आइतबार बर्दियाको ठाकुरबाबा नगरपालिकामा पुगेकी परराष्ट्र मन्त्री डा. राणासँग ठाकुरबाबा र मधुवन नगरपालिकाका प्रमुख र जनप्रतिनिधिले राखेको प्रश्नको जवाफ दिँदै सो कुरा बताएकी हुन् ।
उनले नाकामा छोटी भन्सारहरू खुलाउने विषयमा जनप्रतिनिधिहरूले महत्त्वपूर्ण विषय उठाएको जानकारी दिनुहुँदै यसका लागि पहल गर्ने बताइन्।
बर्दियाको भुरीगाउँ, तेलपानी हुँदै सुर्खेत सडक निर्माणको आयोजनाबारे राखिएको जिज्ञासामा बोल्नुहुँदै मन्त्री राणाले विकास निर्माणका यस्ता योजनाका लागि ठुलो रकम आवश्यक पर्ने देखिएको र सरकारसँग बजेट थोरै रहेकाले समय लाग्ने गरेको बताइन् ।
विश्व बैंक र एसियाली विकास बैंकका विकास आयोजनाहरू बर्दिया ल्याउन आफूले पहल गर्ने उनको भनाइ छ ।
त्यसअघि परराष्ट्र मन्त्री डा. राणासँग ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्साल, मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाट र नेपाल तरुण दल केन्द्रीय सदस्य युवराज अधिकारी लगायतले बर्दिया जिल्लाका विभिन्न समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
प्रतिक्रिया