काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ।
जर्जियाको प्लेन्सस्थित आफ्नै घरमा पूर्वराष्ट्रपति कार्टरको आइतबार एक सय वर्षको उमेरमा उनको निधन भएको हो । अमेरिकी समाचार संस्था रोयटर्ससँग पूर्वराष्ट्रपति कार्टरका छोरा चिप कार्टरले उनको निधन भएको पुष्टि गरेका छन्।
उनी १ अक्टुबर १९२४ मा जन्मिएका १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । आर फोर्डलाई हराएर उनी अमेरिकाको ३९ औँ राष्ट्रपति बनेका थिए । मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक काम गरेको भन्दै उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो ।
प्रतिक्रिया