काठमाडौँ- चन्द्रागिरि हिल्सको केबलकारमा समस्या आएको छ । हाइड्रोलिकमा समस्या आएपछि केवलकार अवरुद्ध भएको हो ।
हाइड्रोलिकमा समस्या आए पनि केबलकारमा कुनै यात्रु अड्किएका छैनन् । अहिले केबलकार मर्मत भइरहेको चन्द्रागिरि हिल्सले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार चन्द्रागिरि केबलकारमा समस्या आएपछि अहिले मर्मत भइरहेको छ ।
चन्द्रागिरि हिल्समा करिब १ हजार यात्रु रहेका छन् ।
प्रतिक्रिया