दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


काठमाडौं, १६ पुस । संघीय संसद्अन्तर्गत आज दुई समितिको बैठक बस्ने भएको छ ।

मंगलबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समिति र राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समिति बैठक बस्न लागिएको हो ।

आज अर्थ समितिमा अर्थमन्त्री र अर्थ मन्त्रालयको राजस्व सचिवको उपस्थितिमा भन्सारसम्बन्धी काूननलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ । बैठक बिहान ११ः०० बजे बस्दैछ ।

यस्तै, विधायन व्यवस्थापन समितिमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी सरोकारवालाहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।