काठमाडौँ -नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार भने १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँ घटेर १ हजार७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार भने चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया