प्रतिनिधि सभा सचिवमा हर्कराज राई नियुक्त

प्रतिनिधि सभा सचिवमा हर्कराज राई नियुक्त


काठमाडौँ । प्रतिनिधि सभा सचिव पदमा हर्कराज राईलाई नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर २ का राईलाई प्रतिनिधि सभा सचिव नियुक्त गरेका हुन्।

प्रतिनिधि सभा सचिव बनाउन राईलाई सभामुख देवराज घिमिरेले सिफारिस गरेका थिए।