राँझा (बाँके) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले एमालेलाई सबल राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् ।
एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीले मंगलबार नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले समृद्धिका लागि बहुमतको सरकार आवश्यक पर्ने बताएका हुन् ।
महासचिव पोखरेलले ‘मिसन ८४’ अन्तर्गत एमालेलाई राष्ट्रिय शक्ति बनाउन सबै तहका नेता तथा कार्यकर्ताको सक्रिय भूमिका आवश्यक पर्नेमा जोड दिए । मिसन ८४ मा केन्द्रित भएर काम गर्न पनि उनले निर्देशन दिए ।
पोखरेलले विश्वका अन्य देशमा एउटै राजनीतिक दल र नेताले दुई(तीन कार्यकाल सरकारको नेतृत्व गरिरहेको अवस्थामा हाम्रो देशमा पनि सरकारले पूर्ण कार्यकाल सेवा गर्न नपाउँदा प्रमुख दुई दलबीच सहकार्य हुनु असामान्य नभएको जिकिर गरेका छन् ।
प्रतिक्रिया