काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति पौडेलले राजदूतहरूलाई शपथ गराएका हुन् ।
गणतन्त्र पोर्चुगल, मलेसिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि राजदूतहरूलाई शपथ गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
राजदूतहरू प्रकाशमणि पौडेल गणतन्त्र पोर्चुगल, डा. नेत्रप्रसाद तिम्सिना मलेसिया, प्रा. डा. कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रतिक्रिया