काठमाडौँ। नेकपा एमालेबाट निष्कासित भएका नेता डा. भीम रावलले आफूले केपी ओलीसँग गरेको वार्ताबारे भ्रम सिर्जना गरिएको दाबी गरेका छन् । आगामी यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै भेटमा आफूले सकारात्मक ढंगले धारणा राखेपनि नबोलाएको बताए ।
उनले वार्तालाई भ्रम सिर्जना गर्ने वातावरण किन बनाइयो ? भन्दै प्रश्न गरे ।
उनले उपमहासचिव प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापा प्रयास पछि कात्तिकमा भेट्ने तय भए पनि रद्द गरेको आरोप लगाए। उनले ओलीका स्वकीय सचिवहरूलाई फोन गरेर समय मिलाउन आग्रह गरे पनि वास्ता नगरेको बताए ।
उनले कुनै खबर नआएपछि ओलीलाई फोन गर्दा समेत नउठाएको दाबी गरे । उनले अधिकांश पदाधिकारीलाई फोन गरेर वार्ताको लागि प्रयास गर्दा समेत ओलीको दम्भको कारण चासो नदिएको सुनाए ।
प्रतिक्रिया