१० वर्षभित्र साढे २८ हजार मेगावाट बिजुली निकाल्ने ऊर्जा मार्गचित्र पारित

१० वर्षभित्र साढे २८ हजार मेगावाट बिजुली निकाल्ने ऊर्जा मार्गचित्र पारित


काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद्ले ऊर्जा मार्गचित्र २०८१ पास गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा ‘ऊर्जा मार्गचित्र २०८१’ पास भएको हो ।

उक्त मार्गचित्रमा सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । जसका लागि ४६.५ अर्ब अमेरिकी डलर (६२ खर्ब ३१ अर्ब नेपाली रकम) बराबरको रकम लगानी हुने छ ।

गरिब तथा विपन्न वर्गलाई पनि जलविद्युत क्षेत्रमा लगानी सुनिश्चित गर्ने गरी सरकारले ‘समृद्ध नेपाल’ को अभियानलाई अगाडि बढाएको हो ।

अब सरकारले ठूला र नयाँ विद्युत् आयोजनाहरूमा सबै प्रकारका लगानीका मोडलहरू खुलाउने छ । ऊर्जा मार्गचित्र २०८१ मा नै बिजुली उत्पादन गर्नका लागि सहजा हुने गरी आयोजनाका लागि सबै मोडल खुला गर्ने विषय रहेको छ । लगानी कर्ताले लगानी गर्न चाहेकै मोडलमा राज्यले लगानी गर्न दिने गरी ऊर्जा मार्गचित्र २०८१ बनेको छ ।

नेपालले भारतलाई आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातको सम्झौता गरिसेको छ । भने, बंगलादेशमा पनि नेपालबाट विद्युत् निर्यात सुरु भइसेको छ ।