काठमाडौं । सत्तारुढ नेकपा एमालेबाट कारबाहीमा परेका नेता डा. भीम रावलले आफू पार्टी खोल्नबाट नडराएको बताएका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले यस्तो बताएका हुन् । ‘आज यहाँ पार्टी घोषणा हुन्छ होला भन्ने सुनिएको थियो, किन डराउनु भएको ?,’ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले भने, ‘डराएको होइन । अहिलेको मातृभूमि जागरण अभियान, भविष्यको सशक्त देशभक्तिपूर्ण संगठनको आधार हुनेछ ।’
उनले पत्रकार सम्मेलनमार्फत मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त इमानदार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्नुपर्ने रावलले बताएका छन् । नेता डा. भीम रावलले देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको बताएका छन् ।
उनले भने, ‘राष्ट्रिय अखण्डता, स्वाधीनता र स्वाभिमान समेत चुनौतिग्रस्त बनेको छ । यस्तो स्थितिमा राजनीतिक दल र सरकार बढी जिम्मेवार, राष्ट्रिय हितमा कटिबद्ध हुनुपथ्र्यो । सुशासन र जनताको हितमा तल्लीन हुनुपथ्र्यो । तर आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरी केपी ओली गुटले नेकपा एमालेलाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन, गन्तव्यहीन र आदर्शहीन बाटोमा घर्केलिएको छ । एमालेको रंग खुइलिएर बामाले (बाको मात्र नाम लेउ) मा परिणत भएको छ भन्नु पदा अत्यन्त दुःख लागेको बताए ।
उनले थपे, ‘अन्य कतिपय दलहरु पनि सोही बाटोमा हिँडिरहेका छन् । त्यसकारण देशका स्वाधीनता, स्वाभिमान, हितको रक्षा र सम्वर्धन तथा जनताका आवश्यकता र आकार्षा पूरा गन बाटोमा राज्यलाई डोन्याउनको लागि देशभक्तिपूर्ण भावना र चेतले युक्त जनमत र सरकारका आवश्यकता छ । देश बलियो भने जनता बलिया हुन्छन्, जनता समृद्ध भए देश बलियो हुन्छ मान्यतालाई बलियो गरी समात्नु आवश्यक छ । यसको लागि राष्ट्रव्यापी अभियान चलाउनु पर्छ । भ्रष्टाचार, कुशासन, स्वेच्छाचारी क्रियाकलापकाविरुद्ध जनतालाई सजग र क्रियाशील बनाउनु पर्ने बताए।
उनले भने, ‘राजनीति, दल, विचार र संगठन देश र जनताको सेवा एवं हितको लागि हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्छ । मातृभूमि जागरण जनभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समदायलाई एकताबद्ध गर्नुपर्छ । देश र जनताले भोगिरहेका समस्याहरुको समाधान र चुनौतीहरुको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनु पर्छ ।’
स्वदेश र प्रवासमा रहेका नेपालीहरुका आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी मनन र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्ने बताए । देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको ‘सर्वोपरी हितमा परिचालित र उपयोग हुनुपर्ने क्रालाई नीति र निर्णयमा स्थापित गर्नुपर्छ । राजनीति, राजनीतिक दल, सिद्धान्त सबै देशको सर्वोपरी हित पूरा गर्न माध्यम र साधन मात्र हुन्, देश सबैभन्दा माथि हुन्छ धारणालाई बलियो गरी अवलम्वन गर्नुपर्छ’, उनले भने ।
विधि, पद्धति, प्रणाली र सुशासनको बाटोमा निस्वार्थ रुपमा दृढताका साथ हिँड्नुपर्ने बताए । उनले रावलले थपे, ‘यस्ता मान्यताहरुको आधारमा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ । यसैतर्फ हाम्रो पाइला र प्रयासहरु अगाडि बढ्ने छन् ।
प्रतिक्रिया