गगन थापाले भने-पार्टीलाई नेता केन्द्रित होइन, समुदाय केन्द्रित बनाऔँ

गगन थापाले भने-पार्टीलाई नेता केन्द्रित होइन, समुदाय केन्द्रित बनाऔँ


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नेता केन्द्रित नभई समुदाय केन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रा. डा. यज्ञप्रसाद अधिकारीको जीवन संघर्षका बारेमा लेखिएका लेखहरूको संग्रह “लोकतान्त्रिक समाजवादका भास्यकार प्रा. डा. यज्ञप्रसाद अधिकारी” नामक पुस्तक  विमोचनपछि उनले राजनीतिक दलहरू समाज केन्द्रित हुनुपर्ने समय आएको बताए ।

‘जीवनभर काँग्रेसमा काम गरेका नेताहरूको आशीर्वाद लिँदै सामाजिक क्षेत्रमा लाग्नुपर्ने समय आएको छ,’ उनले भने ।

काँग्रेसका पुराना पुस्ताको सम्मान गर्दै समाज केन्द्रित हुन सकेमा युवापुस्ताको आकर्षण बढ्ने उनले बताए । उनले भने, ‘पार्टी संरचनालाई सत्तासँग जसरी जोडेका छौँ त्यसरी नै समाजमा फर्काउन आवश्यक छ ।’