काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २५ रुपैयाँले बढेर तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य १ हजार ७६५ रुपैयाँ कायम भएको थियो ।
प्रतिक्रिया