भीम रावलको आरोप ‘प्रचण्ड’ले ओलीमाथि लगाएको अभियोगको ‘कपी पेस्ट’ मात्र हो – प्रदीप ज्ञवाली

भीम रावलको आरोप ‘प्रचण्ड’ले ओलीमाथि लगाएको अभियोगको ‘कपी पेस्ट’ मात्र हो – प्रदीप ज्ञवाली


काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीबाट निष्कासित नेता भीम रावलले हिजो गरेको गालीगलौजले उनीभित्र कति नकारात्मक कुराले भरिएको भन्ने प्रस्ट भएको बताएका छन् ।

च्यासलमा बसेको सचिवालय बैठकपछि ज्ञवालीले ओलीमाथि रावलका आरोप ‘प्रचण्ड’ले नेकपाकालमा लगाएको १९ बुँदे अभियोगको कपी पेस्ट मात्र भएको टिप्पणी गरे ।

‘२०७७ कात्तिकमा प्रचण्डले १९ पेजको आरोप लगाएका थिए । एक किसिमले कपी पेष्ट हो । उहाँभित्र कति नकारात्मक कुराले भरिएको प्रस्ट भयो । गालीगलौजले देश बन्दैन । एक जमानामा प्रचण्ड र बाबुराम डिक्स्नेरीमा भएका शब्द खोजी खोजी गाली गर्नुहुन्थ्यो । रवि लामिछानेजीहरू त्यसै गरी उदाउनुभयो’, ज्ञवालीले भने, ‘हामी गालीगलौजको प्रतिस्पर्धामा छैनौँ । देश बनाउने अभियानमा छौँ । एमालेले त्यस्तो कुरालाई महत्त्व दिएर बस्दैन महत्त्वपूर्ण पनि ठान्दैन ।’