सरकारले गरिरहेको काम पर्याप्त भएन-एमाले

सरकारले गरिरहेको काम पर्याप्त भएन-एमाले


काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले सरकारले गरिरहेको काम पर्याप्त नभएको निष्कर्ष निकालेको छ । केन्द्रीय मुख्यालय च्यासलमा बसेको ४३औँ सचिवालय बैठकले सरकारलाई अझ गति बढाउन सुझाव दिएको छ ।

‘अहिले गरिरहेको काम पर्याप्त छैनन्, सरकारले अझ बढी पुस गरोस् । अझ बढी कामलाई तीव्रता दिओस्,’ बैठकको निर्णय सुनाउँदै उपमहासचिव प्रदीपकुमार ज्ञवालीले भने, ‘दुई वटा दल र अरु पनि मिलेर बनेको शक्तिशाली सरकारले अझ बढी डेलिभरी गर्नुपर्छ भनेर सुझाव दिएका छौँ ।’

यद्यपि सरकारले ६ महिनाको अवधिमा उल्लेख्य काम गरेको निष्कर्ष एमालेले निकालेको छ ।