नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. १ ले बिहीबार गरेको सय दिने अभियान अन्तर्गत आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका आन्तरिक गतिविधि झाराटारा किसिमले गरेर नहुने बताएका हुन् ।
पार्टीको संगठनलाई कागजी रूपमा मात्रै सीमित गर्न नहुने भन्दै उनले पार्टीलाई बलियो ढंगले अघि बढाउन सबै लाग्नुपर्नेमा जोड दिए। पार्टीभित्र असल संस्कार स्थापित गर्नुपर्ने भन्दै उनले अस्वस्थ संस्कारले कसैलाई फाइदा नगर्ने बताए ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री समेत रहेका काँग्रेस पूर्व महामन्त्री सिंहले कागजमा मात्र सदस्य सङ्ख्या भएर नहुने भन्दै उनले पार्टीका कार्यक्रमहरूमा सहभागिता बढाउनुपर्ने बताए । मुलुकको स्थायीत्व र विकासको नेतृत्व काँग्रेसले गर्नुपर्ने र त्यसका लागि पार्टीलाई व्यवस्थित राख्नुपर्नेमा सिंहले जोड दिए ।
ठूला दल मिलेर सरकार बनाएको प्रति नकारात्मक टीकाटिप्पणी हुने गरेको भन्दै सिंहले जनताको राजनीतिक स्थायीत्व र स्थिरताको चाहनाअनुसार नै ठूला दल मिल्नुपरेको धारणा राखे ।
प्रतिक्रिया