मेरो नियत र निष्ठा सफा छ भन्ने जनताले बिस्तारै बुझ्दै छन् – अध्यक्ष ‘प्रचण्ड’

मेरो नियत र निष्ठा सफा छ भन्ने जनताले बिस्तारै बुझ्दै छन् – अध्यक्ष ‘प्रचण्ड’


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पछिल्लो पछिल्लो पटक प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध अभियान चलाएको बताएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले गरेको कार्यक्रममा बोल्दै भ्रष्टाचारको अन्त्य गर्न एकले अर्कालाई दोषारोपण गरेर मात्रै नहुने बताए ।

उनले भने, ‘तर जहाँ भ्रष्टाचार भएको छ । समाजले मानेको छ । सदनमा प्रश्न उठेका छन् गम्भीर ढंगले जनताले हेर्न चाहेका छन् इमानदारितासाथ लागेको । त्यसमा मेरो साथ रहन्छ भनेको छु ।’ उनले थपे ‘सरकारमा हुँदा जे बोल्थेँ । अहिले सरकार बाहिर हुँदा पनि त्यही बोलेको छु । मेरो नियत र निष्ठा सफा छ भन्ने कुरा बिस्तारै जनताले बुझ्दै गएका छन् ।’

उनले सरकारमा रहँदा जे बोल्दै आएको र अहिले पनि कुनै फरक नरहेको दाबी गरेका छन् ।