मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान

मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान


खजुरा (बाँके) । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुका कारण प्रभावित स्थानीयलाई सुरक्षित राख्न सचेतना अभियान प्रारम्भ भएको छ ।

बाँके राष्ट्रिय निकुञ्ज नजिकको राप्तीसोनारी गाउँपालिका-२ र बर्दिया राष्ट्रिय निकुञ्ज समीपको मधुवन नगरपालिका-२ मा सचेतना अभियान सञ्चालन प्रारम्भ भएको हो ।

समुदायका लागि सञ्चार अभिनय नेपालका कार्यकारी निर्देशक तुला अधिकारीका अनुसार अभियान १० महिनासम्म सञ्चालन हुनेछ । अभियानअन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण कसरी गर्ने, वातावरण एवं वन्यजन्तुको वासस्थान संरक्षणलगायत क्षेत्रमा व्यावहारिक ज्ञान दिइने छ ।