काठमाडौँ । गृहमन्त्री रमेश लेखक र प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान भएको भेटमा देशको शान्ति, सुरक्षा तथा कानुनको कार्यान्वयनबारे छलफल भएको ढकालले जानकारी दिए ।
गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले सरकारले भ्रष्टाचारलाई शून्य सहनशीलताका रूपमा लिएको र सुशासनको सुनिश्चिता गर्न प्रतिबद्ध रहेको बताए ।
लेखकले नुवाकोटको शेरा दरबारको जग्गा हिनामिनासम्बन्धी मुद्दामा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जानकारी दिँदै त्यो जग्गा गलत ढङ्गले कोही व्यक्ति वा कम्पनीको नाममा छ भने त्यो फिर्ता हुने समेत बताएका छन् ।
प्रतिक्रिया