काठमाडौँ । लोक सेवा आयोगले निजामती सेवामा एउटा मात्र आधिकारिक ट्रेड युनियन राख्नुपर्ने प्रस्ताव राखेको छ।
शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष माधव रेग्मीले संघीय निजामती सेवा विधेयकमा सुझाव प्रस्तुत गर्दै यस्तो प्रस्ताव गरेका हुन्।
उनले आयोगको तर्फबाट समितिमा सुझाव राख्दै भने, “एक मात्र आधिकारिक ट्रेड युनियनमा केन्द्रित गरिनुपर्छ।”
पछिल्लो समय ट्रेड युनियनबारे आम नागरिकदेखि कर्मचारीहरूले एक मात्र ट्रेड युनियन हुँदा हुने धारणा राख्दै आएका छन् । ट्रेड युनियनमा आबद्ध कर्मचारीहरूले पेशागत मर्यादा भन्दा आफ्नै ‘धन्दा’ चलाएसँगै यसप्रति राजनीतिज्ञ र सेवाग्राही मात्रै होइन, स्वयं कर्मचारीहरू नै दलपिच्छेका संगठन अन्त्य गरिनुपर्ने धारणा राख्दै आएका छन् ।
प्रतिक्रिया