राजनीतिमा भन्दा सामाजिक रूपान्तरणको नायक बन्न पूर्व राष्ट्रपतिलाई विश्वप्रकाशको सुझाव

राजनीतिमा भन्दा सामाजिक रूपान्तरणको नायक बन्न पूर्व राष्ट्रपतिलाई विश्वप्रकाशको सुझाव


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्कन सुझाव दिएका छन् । राजनीतिमा भन्दा सामाजिक रूपान्तरणको नायक बन्न उनको सुझाव छ ।

शुक्रबार राजधानीमा भएको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकृत संस्मरण सङ्ग्रह ‘आमा, सपना र ताराहरु’ लोकार्पण कार्यक्रममा उनले यस्तो सुझाव दिएका हुन् । ‘समाचारका पृष्ठहरूमा अहिले पनि आमाहरू र छोरीहरू चलेका खबर आइरहेका छन् । यो पृष्ठभूमिमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक रूपान्तरणको प्रेरणाका रूपमा काम गर्नुपर्दछ,’ उनले भने ।

राजनीतिमा आएर कुनै एक दलको नेता मात्र बन्ने अवसर पनि रहेको र सामाजिक रूपान्तरणको नायक बनेर सबैको नेता बन्ने सुविधा पनि पूर्व राष्ट्रपतिहरूमा रहेको उनको भनाइ थियो ।