काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आफ्नो नियमन क्षेत्राधिकारभित्र भएका सहकारीहरूको समस्या सुल्झाउन कानुन पुनरावलोकनको तयारी गरेको छ ।
कानुन निर्माणसँगै महानगरले सहकारीको समस्या समाधान गर्न सहकारी वर्गीकरण गर्नुपर्ने, कर्जा सूचना केन्द्र स्थापना लगायतका लागि विज्ञहरूले सुझाव मागेको थियो ।
कानुन पुनरावलोकनका लागि नीति निर्माताहरूसँग छलफल गर्न, सहकारी कानुन र सिद्धान्तको परिपालनाका लागि सहकारी अभियन्तासँग सहकार्य गर्न विज्ञहरूले सुझाव दिएका छन् ।
यस्तै, ऋण असुली संयन्त्र स्थापना गर्न, सहकारी शिक्षा तथा सचेतनाका कार्यक्रम सञ्चालन गर्न सुझाव प्राप्त भएको महानगरको सहकारी विभागले जनाएको छ ।
महानगरपालिकाले सहकारी क्षेत्रका विज्ञ, सहकारी क्षेत्रका संघ महासंघ, सहकारी प्रवर्धनका अभियानकर्ताहरूसँग सुझाव लिएको हो ।
प्रतिक्रिया