लेखा समिति सभापति पोखरेलका पूर्व स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी जारी

लेखा समिति सभापति पोखरेलका पूर्व स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौँ । नेकपा एमालेका सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले प्रशासनलाई बताए ।

बुढाथोकीका अनुसार ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा प्रहरीले पक्राउ गरी अनुमति माग गरेको थियो । आज अदालतले पोखरेललाई पक्राउ गर्न अनुमति दिएको छ।

एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ । ठगी आरोपमा मुछिएको विषय सार्वजनिक भएपछि पोखरेलले स्वकीय सचिवलाई शुक्रबार जिम्मेवारीबाट हटाएका थिए ।