काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो ।
सोमबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने केही बढेको छ। महासंघका अनुसार सोमबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार भने २० रुपैयाँले बढेर १ हजार ८३० रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया